नियम १८
अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिने
(१) यस नियमावली बमोजिम सबै केन्द्रीय निकायबाट बजेट तथा कार्यक्रम प्राप्त भएपश्चात अर्थ मन्त्रालयले आवश्यक छलफल तथा विश्लेषण समेत गरी बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेछ।
(२) उपनियम (१) बमोजिम बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिँदा अर्थ मन्त्रालयले मुलुकको आर्थिक स्थिति विचार गरी सम्बन्धित केन्द्रीय निकाय र योजना आयोगसँग छलफल गरी बजेट विवरणमा आवश्यक थपघट गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम अर्थ मन्त्रालयले बजेट विवरणमा आवश्यक थपघट गर्दा सम्बन्धित केन्द्रीय निकायलाई सोही बमोजिम कार्यक्रम समायोजन गर्न लगाउनु पर्नेछ।